एनपीएलको दोस्रो खेलः चितवन र पोखरा बिच प्रतिस्पर्धा हुदैँ
वि.सं.२०८१ मंसिर १८ मंगलवार ०६:४०
shares

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्रो खेल आज हुदैँछ । आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुदैँछ ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः १५ बजेवाट सुरू हुनेछ ।
एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । चीतवन राइनोजवाट कुशल मल्ल र पोखरा एभेन्जर्सबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन् ।
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
चितवन राइनोज
कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा ९इंग्ल्यान्ड०, हसन इसाखिल ९अफगानिस्तान०, जान निकोल लोफ्टी इटन ९नामिबिया०, ल्यूक मार्टिन बेनकेन्स्टाईन ९इंग्ल्यान्ड०, सलाहुद्दिन खान ९आइकोनिक०।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस ९अमेरिका०, बास डे लिडे ९नेदरल्यान्ड्स०, म्याट क्रिचली ९इंग्ल्यान्ड०, रेमन राइफर ९वेस्ट इन्डिज०, माइकल लिस्क ९स्कटल्यान्ड०, सुदिप आर्याल ९आइकोनिक०।
























