काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दिपलले ल्याउने भयो ‘सोनु निगम लाइभइन नेपाल’

1.66K
shares

छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतिक्षित कन्सर्टमा मुख्य प्रायोजकका रुपमा हिस्सा लिने भएको छ । कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभइन नेपाल’मा मुख्यप्रायोजक बन्ने घोषणा गरेको हो ।

नेपाली टचइभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन सोमबार एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टचइभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दिप क्षेत्र पनि थिए ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभइन नेपालको मुख्यप्रायोजका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविश्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोता माझ लेगेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।

त्यसैगरी नेपाली टचइभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरशिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जन बीचको समन्वयको प्रमाण रहेको बताए ।

बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीत संगीतबाट भरपुर मजादिने अपेक्षा दिपलले गरेको छ । यो कन्सर्टको टिकट एक्स्क्लुसिभली इसेवामा उपलब्ध हुनेछ ।