काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन भिडदैँ

3.17K
shares

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्रो खेल आज हुदैँछ । आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र चितवन राइनो बिचमा प्रतिस्पर्धा हुदैँछ ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः१५ बजेवाट सुरू हुनेछ ।

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । पहिलो खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो ।

आज हुने दोस्रो खेलमा काठमाडौं र चीतवनको महा भिडन्त हुने जनाइएको छ। काठमाडौं गोर्खाजबाट करण केसी र चीतवन राइनोजवाट कुशल मल्लले नेतृत्व गर्नेछन् । आजको खेलमा दुबै टिमका गरी १० बिदेशी खेलाडी पनि मैदानमा देखिनेछन् ।

एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

काठमाडौं गुर्खाजः

करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर ९इंग्ल्यान्ड०, स्टेफन इस्किनाजी ९इंग्ल्यान्ड०, ड्यान डौथवेट ९इंग्ल्यान्ड०, माइकल लेभिट ९नेदरल्यान्ड्स०, जेहार्ड एरासमस ९नामिबिया०, कृष कार्की ९आइकोनिक०।

चितवन राइनोजः

कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा ९इंग्ल्यान्ड०, हसन इसाखिल ९अफगानिस्तान०, जान निकोल लोफ्टी इटन ९नामिबिया०, ल्यूक मार्टिन बेनकेन्स्टाईन ९इंग्ल्यान्ड०, सलाहुद्दिन खान ९आइकोनिक०।