काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मलैमा टेलिकम गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै

1.87K
shares

दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ । त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपथ्र्यो । “हामी फोन गर्न घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्छ”, स्थानीय बमबहादुर बुढाले भने, “टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।”

सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । उक्त टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी वैशाखदेखि सुचारु गर्ने तयारी रहेको बबई–७ वडाध्यक्ष तिलकराम भण्डारीले बताए । “यहाँको एउटा मुख्य समस्या भनेको फोन नलाग्ने समस्या हो”, “टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सुचारु गर्ने तयारी छ ।” त्यहाँका बासिन्दाले पटक–पटक टेलिकम टावरको माग राख्दै सम्बन्धित निकाय धाउँदै आएका थिए ।