global ime bank Long Banner Ad

गृहपृष्ठ आईएमई पे एपमा बैंक खाता लिङ्क गर्दा स्मार्टफोन जित्न सकिने

आईएमई पे एपमा बैंक खाता लिङ्क गर्दा स्मार्टफोन जित्न सकिने

आईएमई पे एपमा बैंक खाता लिङ्क गर्दा स्मार्टफोन जित्न सकिने

आईएमई पेले बैंक लिङ्क गरौँ, मोबाइल जितौँ योजना सार्वजनिक गरेको छ।

योजनामार्फत आइएमई पे एपले प्रयोगकर्ताहरूलाई आफ्नो बैंक खातालाई आईएमई पे एपमा लिङ्क गर्न र सहज डिजिटल भुक्तानी सुविधाको अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।

मङ्सिर ६ देखि माघ ६ सम्म २ महिनाको लागि चल्ने यस योजनामा आईएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरु गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन्। योजनाअन्तर्गत हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन जित्न सक्नेछन्।

प्रयोगकर्ताहरुले आफ्नो बैंक खातालाई सिधै आईएमई पे एपमार्फत अथवा कनेक्ट आइपिएस् मार्फत आइएमई पे एपमा लिङ्क गर्न सक्नेछन्। अफरमा सहभागी हुन पहिलै लिङ्क नभएको बैंक खाता लिङ्क गर्नुपर्ने र पैसा पठाउने वा लोड गर्ने बाहेक अन्य ३ विभिन्न भुक्तानीहरु गर्नुपर्ने हुन्छ।

प्रकाशित समय : ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु