global ime bank Long Banner Ad

गृहपृष्ठ रुसद्वारा युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण

रुसद्वारा युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण

रुसद्वारा युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण

रुसले युक्रेनमा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको छ । युक्रेनको वायुसेनाले रुसले अस्त्रखान क्षेत्रबाट इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको जानकारी दिएको छ । युक्रेनी वायुसेनाले पनि डिनिप्रो क्षेत्रलाई लक्षित गरी आक्रमणमा विभिन्न प्रकारका मिसाइलहरू प्रयोग गरिएको बताएको छ ।

युक्रेनमा रुसले इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलमार्फत युक्रेनमा आक्रमण गरेको यो पहिलो पटक हो । यी क्षेप्यास्त्रहरू हजारौं किलोमिटर टाढा जान सक्षम छन् ।

तर, रुसले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । युक्रेनको सेनाले आक्रमणको क्रममा छ वटा केएच-१०१ क्रुज मिसाइलहरू खसालेको बताएको छ ।

केही दिनअघि मात्रै अमेरिकाले युक्रेनलाई रुसमाथि आक्रमण गर्न पठाएको लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो । युक्रेनले पनि यसै साता रुसमाथि यी मिसाइलहरू आक्रमण गरेको बताइएको छ । त्यसपछि रुसले यो हमला गरेको हो ।

 

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु