global ime bank Long Banner Ad

गृहपृष्ठ गायक बिजय महर्जनको ‘मेरी सपनी कि रानी’ सार्बजनिक

गायक बिजय महर्जनको ‘मेरी सपनी कि रानी’ सार्बजनिक

गायक बिजय महर्जनको ‘मेरी सपनी कि रानी’ सार्बजनिक

गायक विजय महर्जनको ‘मेरी सपनी कि रानी’ गीत सार्बजनिक भएको छ । विश्वज्योति हलमा आयोजित कार्यक्रममा गायीका लोचन भट्टराईले सार्बजनिक गरेका हुन । सो गितको रचनाकार महर्जन स्वयं छन् ।

गितको संगितकार दीपक रमण हुनुहन्छ । भने निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जन छन् । गितको प्रस्तुती सानु महर्जन, गितको एरेन्जर सञ्जय हमाल छन् । गितमा गायक महर्जन र मोडलहरु अर्जुन शाक्य र सृतिका श्रेष्ठ छन् । गितलाई ओएसआर डिजिटलले सार्बजनिक गरेको हो ।

गितको परियोजना म्यानेजर वीरेन्द्र थापा, सिनेमेटो ग्राफर सोहन मानन्धर, एसिस्टेन्ट प्रोजेक्ट म्यानेजर नरेश सुनाम, ऐसिस्टेन्ट मेनेजर देवराज न्यौपाने, एसिस्टेन्ट डाइरेक्टर सृष्टी महर्जन, मिडिया डिजाइन ज्योति म्युजिक रहेको छ ।

गित सार्बजनिक गर्दै गायीका भट्टराईले युवा जमातले मनपराउने खालको गित भएको टिप्पणी गरे । भने–गितले सबैको मन जित्न सक्नेछ । गितमा रोमान्टीट डान्स राखिएको छ । जुन डान्सले दर्शकको मन छुनेछ भने गितको शब्दले स्रोताको मन चुम्नेछ ।

निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनले गायक महर्जनको स्वरमा तयार भएको गितले युवा जमातको मन तान्न सफल हुने बताए । भने–मलाई यो गितको निर्देशन गर्न आनन्द आएको छ । गितले सबैका मन जित्ने अपेक्षा गरेको छु ।

बढीजसो नेवारी गित गाएका महर्जनको मेरी सपना कि रानी गितले थप उचाइमा पु-याउने विश्वास व्यक्त गरिन । ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्काले आफ्नो वडाका महर्जनको प्रतिभालाई तारिफ गर्दै अबको दिनमा वडा कार्यालयको सहयोग रहने बताए । उनले स्थानीय थानागाउमा अगर धिमेबाजा पुचःमा नेपाल भाषाका गित र संगितलाई संरक्षण गर्न जुटेका महर्जनको नयाँ गितले थप उचाइमा पु-याउने विश्वास व्यक्त गरे ।

लामो समयदेखि गित र संगितमा लागेका महर्जनले विभिन्न सांगेतिक कार्यक्रममा गित प्रस्तुत गरेका छन् । उनले नेपाल भाषा र हिन्दी भाषाको गित गाउने, मादल, धिमेबाजा र ड्रमसेट बजाउन पोख्त छन् । उनि हाल सञ्चालन भैरहेकोे नेवाः आइडियलको उत्कृष्ठ १० मा पर्न सफल भएका छन् । उनहाको फाइनल यात्रा जारी रहेको छ ।

 

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु