global ime bank Long Banner Ad

गृहपृष्ठ रुसले लामो दुरीको मिसाइल हानेको युक्रेनको दाबी

रुसले लामो दुरीको मिसाइल हानेको युक्रेनको दाबी

रुसले लामो दुरीको मिसाइल हानेको युक्रेनको दाबी

रुसले लामो दूरीको मिसाइल हानेको युक्रेनले बताएको छ। युक्रेनको हवाई बलका अनुसार रुसले अस्त्रखान क्षेत्रबाट बिहीबार बिहान अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेको हो।

युक्रेनसँग युद्ध सुरु भएयता रुसले युक्रेनलाई ताकेर आईसीबीएम प्रहार गरेको यो पहिलो पटक हो। यस्ता मिसाइल हजारौँ किमी परसम्म पुग्न सक्छन्।

आफूले आक्रमणको क्रममा ६ वटा केएच–१०१ क्रुज मिसाइल खसालेको युक्रेनको सेनाले पनि भनेको छ।

अमेरिकाले युक्रेनलाई रुसी भूमिमा आफूले दिएको लामो दूरीको मिसाइल प्रयोग गर्ने अनुमति दिएको केही दिनमै रुसले यस्तो कदम चालेको हो।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु