global ime bank Long Banner Ad

गृहपृष्ठ सुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने

सुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने

सुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताका संयोजक एवं सुकुटे बिचका सञ्चालक महेन्द्रसिंह थापाका अनुसार प्रतियोगितामा पुरुष र महिलातर्फ फरक–फरक खेल हुनेछ । सातवटै प्रदेश र थप तीन विभागीय टोली गरी १० टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको रहेको संयोजक थापाले जानकारी दिए।

प्रतियोगिताका लागि स्थानीय सरकार, बागमती प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालयलगायत सबै सम्बन्धित निकायसँग समन्वय गरिएको उनले जानकारी दिए।

आयोजकले सम्पूर्ण खेलप्रेमीलाई सो अवधिमा सुकुटे करिडोरमा आमन्त्रण गरेको छ । सुकुटे करिडोरमा पर्यटन प्रवद्र्धनका लागि यो प्रतियोगिताले थप योगदान दिने अपेक्षा गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा बताउछन् ।

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु