global ime bank Long Banner Ad

गृहपृष्ठ डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

ह्वाट्स एप मार्फत अन्डर वर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भन्दै डरत्रास देखाई रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका-११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका भित्र विभिन्न व्यक्तिहरूलाई अन्डर कभर एजेन्ट भनि विहार लगायत अन्य ठाँउबाट कन्ट्रर्‍याक्ट किलर भाडामा लगाई ज्यान समेत मार्छु भन्दै ५० हजार देखि २ लाख रूपैयाँ सम्म रकम माग गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दाहाललाई काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

 

प्रकाशित समय : १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु