global ime bank Long Banner Ad

गृहपृष्ठ गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने

गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने

गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने

पेप गुआर्डिओलाले म्यानचेस्टर सिटीमा आफ्नो सम्झौता नवीकरण गर्ने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार गुआर्डिओला २०२६ को जुनसम्म सिटीमा रहने गरि सम्झौता नवीकरण गर्न सहमत भएका हुन् । सिटीमा उनको सम्झौता आगामी जुनमा सकिदै थियो । नयाँ सहमतिमा उनको सम्झौता २०२७ को जुनसम्म लम्बाउन सकिने उल्लेख रहेको छ ।

गुआर्डिओला २०१६ को जुलाई १ देखि म्यानचेस्टर सिटीको मुख्य प्रशिक्षक रहेका छन् । उनले अहिलेसम्म म्यानचेस्टर सिटीलाई ६ प्रिमियर लिग उपाधि जिताएका छन् । त्यस्तै २०२२-२३ को च्याम्पियन्स लिग पनि जिताएका छन् । उनको नेतृत्वमा सिटीले २०२३ मा फिफा क्लब विश्वकप जितेको थियो भने २ पटक एफए कप, तीन पटक कम्युनिटी शिल्ड, र चार पटक इएफएल कप जितेका छन् ।

 

प्रकाशित समय : ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु