global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल–क्यानडा संसदीय साझेदारीमा जोड

नेपाल–क्यानडा संसदीय साझेदारीमा जोड

नेपाल–क्यानडा संसदीय साझेदारीमा जोड

 

 

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडाको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसदबीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिएका थिए ।

 

प्रकाशित समय : ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु