गृहपृष्ठ न्युजिल्यान्डको संसद् भवनबाहिर विरोध प्रदर्शन
न्युजिल्यान्डको संसद् भवनबाहिर विरोध प्रदर्शन
ब्रिटिश उपनिवेशवादी र माओरी समुदायबीच भएको सम्झौतापत्रलाई पुनःव्याख्या गर्ने प्रस्तावित विधेयकविरुद्ध ३५,००० भन्दा बढीले संसद् भवनबाहिर प्रदर्शन गरेका छन् ।
मंगलबारको यो प्रदर्शन नौ दिने देशभर गरिएको हिकोइ ‘शान्तिपूर्ण विरोध यात्रा’को अन्त्यको प्रतिकको रुपमा लिइएको छ । मंगलबारको दिनमा विरोध प्रदर्शनमा सहभागीको संख्या ठूलो मात्रामा बढेको थियो । धेरैजना माओरी झण्डाको रङहरूमा सजिएका थिए ।
यो प्रदर्शनले विधेयकको विरोध गर्ने कार्यकर्ता र समर्थकहरूलाई एकत्रित गरेको छ । उक्त विधेयक सत्तारूढ गठबन्धनका एक कनिष्ठ सदस्यद्वारा संसदमा प्रस्तावित गरिएको थियो ।
समयक्रममा सन्धिका मूल मूल्यहरूले एकता नभएर विभाजनको बाटो खोलिदिएको पार्टीका नेता डेविड सीमोरले बताए । यो प्रस्तावित विधेयकको तीव्र विरोध भएको छ, यो न्युजिल्यान्डमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन मार्चमध्ये एक हो । वेलिंग्टनको रेल नेटवर्कले मंगलबार आफ्नो इतिहासकै व्यस्त बिहान व्यहोर्यो, किनभने हिकोइका सहभागीहरू राजधानीमा ओइरिएका थिए ।
प्रकाशित समय : १३:१७ बजे


















