गृहपृष्ठ पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा

पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा

पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले पूर्वसभामुख ढुंगानाप्रति गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारप्रति समवेदना प्रकट गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले आज एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साथै, स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि आज राष्ट्रिय सम्मानका साथ गरिने कार्यक्रम रहेको छ ।

 

प्रकाशित समय : ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु