global ime bank Long Banner Ad

गृहपृष्ठ इंल्यान्डका अलराउन्डर ड्यानियलले काठमाडौँ गुर्खाजमा अनुबन्ध

इंल्यान्डका अलराउन्डर ड्यानियलले काठमाडौँ गुर्खाजमा अनुबन्ध

इंल्यान्डका अलराउन्डर ड्यानियलले काठमाडौँ गुर्खाजमा अनुबन्ध

इंल्यान्डका अलराउन्डर ड्यानियल अलेक्जेन्डर डौटवेटले काठमाडौँ गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

२७ वर्षीय अलराउन्डर ड्यायिललाई चौथो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको काठमाडौँ गुर्खाजले जनाएको छ ।

ड्यानियलले ६२ टी-२० क्रिकेटमा ६ सय ३० रन बनाउनुका साथै ५७ विकेट लिएका छन् । काठमाडौँले यसअघि नेदरल्यान्ड्सका माइकल लेभिट, नामिबियाका गेरहार्ड इरसमस र इंल्यान्डका स्टेफेन इस्किनाजीलाई अनुबन्ध गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी मार्की खेलाडी रहेका काठमाडौँमा वसन्त शाही ठकुरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

 

प्रकाशित समय : १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु