global ime bank Long Banner Ad

गृहपृष्ठ दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्व सम्मानित

दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्व सम्मानित

दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्व सम्मानित Blue abstract gradient wave wallpaper
दलित समुदायबाट विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्ने विभिन्न व्यक्तित्व सम्मानित भएका छन् ।
समता फाउण्डेशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा यसरी सम्मानित हुर्नेमा डा मदनप्रसाद परियार, डा चेतबहादुर परियार, डा द्रोण रसाइली, डा विष्णु परियार, डा पूर्णबहादुर नेपाली, डा इन्दिरा सुन्दास, डा मानबहादुर विक, डा रविना जी रसाइली, डा विष्णुमाया परियार, डा गङ्गाराम विश्वकर्मा, डा श्याम परियार, डा यामबहादुर किसान, डा आइत विश्वकर्मा, डा अमित परियार, डा बुद्धि नेपाली, डा रमेश सुनाम, डा मित्र परियार, डा निर्मलकुमार विश्वकर्मा र डा शेखर परियार छन् ।
यसैगरी डा कृपाराम विश्वकर्मा, डा मोम विश्वकर्मा, डा रमेश परियार, डा दिनेश हरिजन, डा रत्नबहादुर वाग्चन, डा श्यालाल मगराती, डा अमरबहादुर विक, डा नन्दलाल दर्नाल, डा यामबहादुर विक र डा पूर्णबहादुर विश्वकर्मा छन्।
कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फाउण्डेशनका अध्यक्ष डा मदनप्रसाद र पूर्वराजदूत पदम सुन्दासले संयुक्त रुपमा उनिहरुसहित वरिष्ठ अधिवक्ता नारायण नेपाललाई सम्मान गरे ।
सोही अवसरमा राज्यमन्त्री विकले संविधानमा उल्लेखित दलित अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सबैले आफ्नो क्षेत्रबाट आवाज उठान गर्नुपर्छ भने । फाउण्डेशनका अध्यक्ष अध्यक्ष मदनप्रसादले दलित समुदायका नयाँ पुस्तालाई प्रेरणा होस् भन्ने उद्देश्यले दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्वलाई फाउण्डेशनले सम्मान गरेको बताए ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु