global ime bank Long Banner Ad

गृहपृष्ठ बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका, एकै दिन पायो ३८० शो

बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका, एकै दिन पायो ३८० शो

बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका, एकै दिन पायो ३८० शो

लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

प्रदर्शनको दुई दिन खासै दर्शकको साथ् नपाएको यस फिल्मले एक सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको निर्माण कम्पनी सेभेन सिजले जानकारी दिएको छ ।

त्यस्तै फिल्मले शो संख्यामा भने रेकर्ड नै बनाएको छ । फिल्मले बिहीबारबाट देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएको छ । यो नेपाली फिल्मले पाएको अहिलेसम्मकै उच्च शो हो । यसअघि यो रेकर्ड दशैको घटस्थापनाको दिन फिल्म ‘बेहुली फ्रम मेघौली’ को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’ ले बिहीबार मात्र करिब २ करोड ग्रस कमाई गरेको अनुमान गरिएको छ । त्यस्तै फिल्मको शनिबारसम्म नै अग्रिम बुकिङ देखिएको छ । अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुनलागेका फिल्म ‘ह्रस्व दीर्घ’ र ‘केटी हराएको सूचना’ लाइ असर गर्ने देखिएको छ ।

 

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु