गृहपृष्ठ चार अर्ब ६० करोड बराबरको धान चामल आयात
चार अर्ब ६० करोड बराबरको धान चामल आयात
नेपालमा गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक २०८१/८२ वर्षको तीन महिना (साउन, भदौ र असोज) मा १ अर्ब रुपैयाँ बराबरको धान तथा चामलको आयात घटेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको धान चामल आयात भएको छ । सो रकम बराबर ७४ हजार ३३ मेट्रिक टन धान आयात भएको छ ।
गत आर्थिक वर्षको तीन महिनामा ५ अर्ब ६० करोड २३ लाख रुपैयाँको धान तथा चामल आयात भएको थियो । सो अवधिमा १ लाख ९ हजार मेट्रिक टन धान चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
प्रकाशित समय : १७:५५ बजे


















