global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ: मन्त्री यादव

भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ: मन्त्री यादव

भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको समस्या समाधानका लागि भूमिगत पानीलाई व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको बताएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रुपमा समाधानका लागि मन्त्रालय भूमिगत पानीलाई व्यवस्थापन गर्न लागिपरेको बताए।

उनले भने, “गत असोज ११ गतेदेखि देशभर भएको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । चुरे दोहन र जलवायु परिर्वतनका कारण तराईका जिल्लामा चापाकल सुक्दै गएका छन् । पानीको समस्या समाधनका लागि हामी अगाडि बढिरहेका छौँ ।”

यसैगरी मन्त्री यादवले ‘एक घर, एक नल’ को परियोजनाअन्तर्गत काम गर्नेगरी तयारी गर्दै गरेको जानकारी दिए । उनले भने “बाढी पहिरोले खानेपानीका क्षेत्रमा पनि करिब छ अर्ब बराबरको क्षति भएको छ । तर बाढीले क्षति पु-याएका आयोजना मर्मत वा पुनःनिर्माण गर्ने बजेट मन्त्रालयसँग छैन ।”

बाढीले क्षति गरेका खानेपानीका क्षेत्रमा अन्य शीर्षकको बजेट रकमान्तर गरेर भए पनि मन्त्रालयले क्षतिपूर्ति वा पुनःनिर्माण गर्ने मन्त्री यादवले बताए । उनले भने, “बाढीले करिब छ अर्ब बढीको क्षति भएको छ । खानेपानी विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र विभिन्न आयोजनाअन्तर्गतका खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । क्षतिको आँकलन गरेर विपद् व्यवस्थापनमा पठाएका छौँ । प्रधानमन्त्रीलाई जानकारी दिएका छौँ ।”

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु