गृहपृष्ठ अफगानिस्तानमा दादुराका केसहरूमा वृद्वि
अफगानिस्तानमा दादुराका केसहरूमा वृद्वि
अफगानिस्तानमा सन् २०२४ मा दादुराका केसहरू बढ्दै गएको छ । यहाँ छ हजार केस पत्ता लागेका देशको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
“सन् २०२४ मा १० हजार शङ्कास्पद दादुराका घटनामध्ये लगभग छ हजार मानिसमा दादुरा देखा परेको छ । यो सन् २०२३ को तुलनामा वृद्धि भएको हो”, मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले भने ।
उक्त रोगको प्रकोप रोक्न मन्त्रालयले देशभर दादुरा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको अमरखिलले जानकारी दिए ।
दादुराबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप हो । दादुरा भाइरसबाट लाग्ने अत्यन्तै सङ्क्रामक रोग हो । सङ्क्रमित व्यक्तिले सास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा यो सजिलै फैलिन्छ ।एजेन्सी
प्रकाशित समय : २०:२५ बजे



















