global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ हवाई कम्पनीको व्यवसाय ३० प्रतिशतले घट्ने, भैरहवामा सस्तोमा टिकट पाइने

हवाई कम्पनीको व्यवसाय ३० प्रतिशतले घट्ने, भैरहवामा सस्तोमा टिकट पाइने

हवाई कम्पनीको व्यवसाय ३० प्रतिशतले घट्ने, भैरहवामा सस्तोमा टिकट पाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडानका साथै आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने भएकाे छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन लागेकाले उडान कटाैती गर्न लागेकाे जनाएकाे छ । यही कामका लागि कार्तिक २३ गतेदेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदैछ ।

विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएकाे हाे ।

गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

महानिर्देशक अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए ।

उनले भने, ‘जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि हामीसँग समानान्तर ट्याक्सी वे नभएका कारणले गर्दा रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्छ । यो रनवेमा जहाजले बढी समय लिन्छ । ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वेमा निकालेर एप्रोनमा ल्याउँछौं । त्यो भएपछि रनवेको अकुपेन्सी टाइम घट्ने भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने हाम्रो अनुमान छ ।’

महानिर्देशक अधिकारीले सो कामको योजना करिब ८ महिनाअघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनैपनि खालको रणनीति वा राजनीति नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण थियो ।

उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको पनि जानकारी दिए । प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ । आन्तरिक उडानमा ३० प्रतिशतको कटौती हुँदा हवाई कम्पनीको व्यापार पनि सोही मात्राले घट्नेछ ।

 

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु