चालु आर्थिक वर्षको तीन महिनामा बैंकहरुले बुझाएको राजस्व गत आर्थिक वर्ष २०८० /२०८१ को सोही अवधिको तुलनामा १६.४३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनदेखि असोजसम्ममा बैंकहरुले सरकारलाई ४ अर्ब ६४ करोड ९६ लाख ४१ हजार रुपैयाँ कर बुझाएका थिए ।
यस्तै, प्राइम कमर्सियल बैंकले ५४ करोड १५ लाख रुपैयाँ, एनएमबि बैंकले ४९ करोड १७ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४८ करोड ३३ लाख रुपैयाँ, कुमारी बैंकले ४७ करोड ८५ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ३९ करोड ९२ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३६ करोड ९५ लाख रुपैयाँ कर तिरेको छ ।
त्यस्तै, प्रभु बैंकले ३६ करोड २६ लाख ४८ हजार रुपैयाँ, हिमालयन बैंकले ३१ करोड २० लाख ५५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २३ करोड १६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले २१ करोड ५६ लाख रुपैयाँ, सानिमा बैंकले १७ करोड ४५ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १६ करोड ७१ लाख रुपैयाँ, कृषि विकास बैंकले १० करोड ७३ लाख, सिटिजन्स बैंकले ९ करोड, नेपाल बैंकले ८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ६ करोड र एनआईसी एशिया बैंकले ४ करोड रुपैयाँ राज्यलाई कर बुझाएका छन् । तर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आयकर भने ६२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ५ अर्ब बढी आयकर तिर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आयकर भने ऋणात्मक देखिएको छ । बैंककाे आयकर ६२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक देखिएको हाे ।





















