global ime bank Long Banner Ad

गृहपृष्ठ सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ ।

सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

यसअघि गत कात्तिक १४ गतेसम्मको म्याद रहेकामा तिहार विदाका कारण अदालत बन्द भएकाले तिहारको विदापछि लामिछानेलाई आज अदालतमा पेश गरिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी अधिकारीले बताए । सभापति लामिछानेलाई कात्तिक ४ गते पहिलोपटक अदालत उपस्थित गराइएको थियो ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु