global ime bank Long Banner Ad

गृहपृष्ठ छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण

छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण

छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण

आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको बीस लाख आर्थिक सहयोगमा पर्यटन प्रवर्द्धनार्थ आकर्षक पार्क निर्माण गरिएको हो । उक्त मन्दिर समुन्द्री सतहदेखि दुई हजार एक सय ३४ मिटर उचाइमा छ । गण्डकी प्रदेश सरकारले दुई आर्थिक वर्षमा दशरदश लाख बजेट विनियोजन गरेको थियो । ढुङ्गा बिच्छ्याएर पार्क आकर्षक बनाइएको सो वडाका वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । पार्कमा नेपालको ठूलो झन्डासमेत राखिएको छ ।

छिम्केश्वरी मन्दिरबाट अपी, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाललगायत मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । मन्दिर जीर्ण बन्दै गएपछि केही समय अघि मात्र प्यागोडाशैलीमा पुनः निर्माण गरिएको थियो ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि लाब्दीसम्म १८ किमी यात्रापछि उक्त मन्दिर पुग्न सकिन्छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्यटन प्रवर्द्धन गर्न मन्दिर पुननिर्माण गरी संरक्षण गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए। उनका अनुसार गाउँपालिकाले मन्दिर पुनःनिर्माणमा ४५ लाख बजेट विनियोजन गरेको थियो ।

उक्त मन्दिरको छाना, मुकुट, नागोल, झलर र गजुरमा गरी कूल चार सय २५ किलोग्राम पित्तल प्रयोग गरिएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिए ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु