काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कीर्तिपुरको मेयरमा माओवादीले शिवशरणलाई उम्मेदवार बनाउने

2.6K
shares

नेकपा माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।

यस्तै नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुने लागेको हो ।

नगर कमिटीबाट सिफारिस भई आएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ ।