global ime bank Long Banner Ad

गृहपृष्ठ मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका २ बाट विहिबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका २ घर भई भक्तपुरको गठ्ठाघर बस्ने २३ वर्षीय समिर काफ्ले रहेका छन् ।

काठमाडौंको बाँसबारी स्थित गंगालाल अस्पताल नजिकबाट मोटरसाइकल खरिद गर्ने वहानामा टेष्ट ड्राइभका लागि बा ९५ प २१४ नम्बरको मोटरसाइकल लिएर काफ्ले गत असोज ११ गते फरार भएका थिए । काठमाडौंको बुढालिकण्ठ नगरपालिका १३ का अभिषेक श्रेष्ठले उक्त मोटरसाइकल खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा दिएको निवेदनका आधारमा खोजी गर्ने क्रममा नम्बर परिवर्तन गरी बा ९८ प ६६६२ नम्बर राखेर चलाएको अवस्थामा काफ्ले आज भक्तपुरमा भेटिएका हुन् । आवश्यक अनुसन्धानका लागि काफ्लेलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु