गृहपृष्ठ वरिष्ठ साहित्यकार प्रा सिटौला एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
वरिष्ठ साहित्यकार प्रा सिटौला एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
वरिष्ठ साहित्यकार प्राध्यापक मोहन सिटौला एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।
उनलाई डा एपीजे अब्दुल कलाम फाउन्डेसनले भारतको कोलकातामा आयोजना गरेको ९३ औँ जन्मजयन्त्तीको अवसरमा सम्मान गरिएको हो ।
कलाम आधुनिक एरोस्पेसका शीर्ष वैज्ञानिक र मिसाइल म्यान अफ इन्डिया रहेका थिए । उनी भारतका ११ औँ राष्ट्रपति भएका थिए ।
कलामले ‘ग्रीन टेक्नोलोजी’ को अभिनव अभियान पनि शुरु गरेका थिए । उनको सन् २०१५ मा निधन भएको थियो । फाउन्डेसनले गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि मेघालय विधान सभाका अध्यक्ष थोमस ए संगमा थिए।
प्रा सिटौलालाई प्रमुख अतिथि तथा फाउन्डेसनका अन्तर्राष्ट्रिय सल्लाहकार तथा कार्यक्रमका संयोजक प्रदीप खनालले मन्तव्य प्रदान गरेका थिए ।
यसअघि सोही दिन फाउन्डेसनले अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रमको उद्घाटन गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रा सिटौलाले सम्बोधनसमेत गरेका थिए ।
नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउन सिटौलाको भूमिका अहम् छ। गत वर्षमात्रै उनले अनेसास सुनील पाठक विशिष्ट पुरस्कार पाएका थिए । सिटौलाले दुई हजार डलरसमेत प्राप्त गरेका थिए ।
यो पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासमा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिन्छ । सिटौला अनेसासका पूर्व केन्द्रीय अध्यक्ष हुन् । एक दर्जन भन्दा बढी पुस्तक लेखिसकेका ८२ वर्षीय सिटौलाले नेपालमा रहँदा थुप्रै क्याम्पसको नेतृत्व सम्हालेका थिए ।
यसअघि सिटौला गत वर्ष नै असार २९ गते भानु जयन्तीको अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित भएका थिए ।
यस्तो छ सिटौलाले पाएका पुरस्कारहरूको छोटो पृष्ठभूमि:
– विसं २०२४ सालमा काठमाडौंमा सम्पन्न देशव्यापी नेपाली निबन्ध प्रतियोगितामा प्रथम, स्वर्ण पदक र नगद पुरस्कार ।
– हालसम्म अनेसास लगायत नेपाल सरकार, त्रीवी, नेपाल, भारत र अमेरिकाका विभिन्न नेपाली अन्य साहित्यिक संघसंस्थाबाट लामै समयदेखि बारम्बार सम्मानित र पुरस्किृत हुँदै आएको ।
— राष्ट्रिय शिक्षादिवस पुरस्कार (शिक्षा मन्त्रालय, श्री ५ को सरकार) —२०४३
— अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्कृष्ट सेवा सम्मान ९प्लाक०— अनेसास—२००५
—आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार,नेपाल सरकार —२०७१
—अनेसास हिरो पदवीबाट सम्मानित (जापान) —२०१५
—स्रष्टासाँझ सम्मान ( २०१८
—महाकवि देवकोटा राष्ट्रिय पुरस्कार— नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय —२०७७
—दाजीलिङ्ग, सिक्किम, आसाममा सम्मानित —२००८
—विश्व भुटानी साहत्यिक संगठन ९न्द्यीइ० बाट पेन्सिलभेनियामा सम्मानित —मार्च २२र२०२२
—अनेसास के का तारा किसनधामी पुरस्कार (२०२३) ।
—अभिवादन प्रतिभा पहिचान प्रतिष्ठान काठमाडौंबाट मोहन सिटौलालाई अभिवादन —२०७२ असार ।
—नइ देरुनिख अन्तराष्ट्रिय साहित्यिक व्यक्तित्व सम्मन र २ लाख नगद पुरस्कार— २०७९–२०२२ ।
—लीलाध्वज थापा साहित्य प्रतिष्ठान, काठमाडौं— स्रष्टा—सम्मान—२०७९–२०२२ ।
—नइ काठमाडौंबाट साहित्यकार मोहन सिटौलालाई ‘नइ कीर्ति रत्न’ को उपाधि प्रदान — २०७९–२०२३ ।
—अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को २०७९–२०२३ मार्च मा बोष्टनमा सम्पन्न भएको पाँचौं च्याप्टर र महिला भव्य सम्मेलनमा मोहन सिटौलालाई अनेसास (केन्द्रीय समिति) ले ‘साहित्य रत्न’ को उपाधि लगायत किसन तारा धामी ५०० डलर नगद पुरस्कार प्रदान गरेर सम्मान गरिएको ।
—युगकवि सिद्धिचरण राष्ट्रिय पुरस्कार— नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय — असार २०८० ।
—अनेसास सुनिल पाठक विशिष्ट पुरष्कार —जुलाई २०२३ विशेष उल्लेखनीय रहेका छन् ।
प्रकाशित समय : १८:१८ बजे



















