global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ फिस्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण

फिस्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण

फिस्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण

फिस्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिएको छ ।

इन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ) र तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको साझेदारीमा सन् २००९ देखि सञ्चालित प्रसव फिस्टुला उपचारद्वारा नेपालका ग्रामीण भेगका फिस्टुला प्रभावित महिलाको स्वास्थ्य सेवाका लागि निर्माण गरिएको फिस्टुला उपचार केन्द्रको हस्तान्तरण गरिएको हो ।

केन्द्रलाई आइतबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आईएनएफ नेपालका कार्यकारिणी समिति अध्यक्ष रामचन्द्र तिमोथीको उपस्थितिमा प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीले आर्थिक सहयोगमा प्रदेश सरकार तयार भएपनि जनशक्तिको अभाव हुन नदिन जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गरे ।

साथै उनले सन् २०३० सम्म फिस्टुला उन्मूलनका लागि प्रदेश सरकार निरन्तर लाग्ने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु