global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ दक्ष जनशक्ति उत्पादनका लागि बीमा प्राधिकरण र त्रिभूवन विश्वविद्यालयबीच समझदारी

दक्ष जनशक्ति उत्पादनका लागि बीमा प्राधिकरण र त्रिभूवन विश्वविद्यालयबीच समझदारी

दक्ष जनशक्ति उत्पादनका लागि बीमा प्राधिकरण र त्रिभूवन विश्वविद्यालयबीच समझदारी

नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमा सम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्ने सम्बन्धमा समझदारी भएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेलले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सहमतिपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।

बीमा सम्बन्धी अनुसन्धान र स्वदेशमा नै दक्ष बीमाङ्कीय जनशक्ति उत्पादनमा गर्ने प्राधिकरण र विश्व विद्यालयबीचको सहमतिमा उल्लेख गरिएको छ । यस सम्झौताको अवधि चार वर्षको रहेको छ ।

यसैगरी, विश्वविद्यालयको तर्फबाट नेपालको बीमा बजार र अन्तर्राष्ट्रिय बीमा बजारको प्रवृत्तिलाई केन्द्रित गरी बीमा सम्बन्धी अनुसन्धान तथा जोखिम मूल्याङ्कन र नेपाली बीमा बजारको आवश्यकताका आधारमा नयाँ बीमाङ्कीय नमूनाहरुको विकास सम्बन्धी अनुसन्धान गर्ने साझेदारी भएको छ ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु