nmb bank

गृहपृष्ठ कानुनी प्रक्रियालाई सघाउन तयार छौँ :सन्तोष परियार

कानुनी प्रक्रियालाई सघाउन तयार छौँ :सन्तोष परियार

कानुनी प्रक्रियालाई सघाउन तयार छौँ :सन्तोष परियार

त्रिवेणी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने बताएका छन् ।

पार्टीको जिल्ला भेलामा सहभागी हुन आज रुकुम पश्चिम आइपुगेका परियारले पत्रकारसँग भने, “कानुनी प्रक्रियालाई सघाउन तयार छौँ । कुनै व्यक्ति तथा संस्थाउपर रिस भने साँध्न हुन्न ।”

पार्टीका मुख्य मुख्य गतिविधि सञ्चालन भइरहने र तोकिएका जिल्ला भेला र महाधिवेशनका कार्यक्रमहरू भने अर्को सूचना नहुन्जेल स्थगित गरिएको पार्टीका प्रमुख सचेतक परियारले जानकारी दिए ।

प्रकाशित समय : १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु