global ime bank Long Banner Ad

गृहपृष्ठ चाडपर्वको समयमा पनि मौलापुरमा पूर्वाधारको निर्माण जारी

चाडपर्वको समयमा पनि मौलापुरमा पूर्वाधारको निर्माण जारी

चाडपर्वको समयमा पनि मौलापुरमा पूर्वाधारको निर्माण जारी

बडादशैं लगायत हिन्दूहरूको बिभिन्न चाडँ पर्वको अवसरमा सरकारी कार्यालयहरुमा प्रायः बिदा हुन्छ र कर्मचारीहरु आआफ्नो घर परिवारमा समय दिन जान्छन् । तर रौतहटको मौलापुर नगरपालिकामा भन्ने त्यसको ठीक बिपरित अर्थात पर्व त्योहारको बीचमा पनि भौतिक पूर्वाधार विकास निर्माणका कार्यहरू जारी रहेको छ।

मेयर रीना कुमारी साहको सक्रियता तथा निर्देशनमा हाल मौलापुर नगरक्षेत्र अन्तर्गत बिभिन्न ७ वटा योजनाको काम निर्वाध रूपमा चलिरहेको छ।

मौलापुर ५ स्थित ब्रह्मस्थानको मन्दिर निर्माण पश्चात कम्पाउन्ड वाल निर्माण कार्य जारी रहेको छ।वडा नम्बर ७ पिपरिया स्थित स्वास्थ्य चौकी भवनको थप कार्यहरू अन्तिम चरणमा पुगेको, वडा नम्बर ६ पथरा बुधाराम स्वास्थ्य चौकीको दोस्रो तलाको छत ढलान कार्य सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्। त्यसलाई वडा नम्बर ३ स्थित गम्हरिया माविको दोस्रो तला छत ढलानको लागि तयारी गरिँदै आएको अवस्था रहेको छ,वडा नम्बर ६ पथरा बुधरा बुधराम माविको चारकोठे भवन निर्माण कार्य सम्पन्न भएको छ भने विभिन्न सडकहरू मर्मत सम्भारको लागि निरीक्षण भईरहेको प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी दिएका छन्।

मौलापुर नगरपालिकामा मेयरको रुपमा दोस्रो पटक रिना कुमारी साहले जिम्मेवारी सम्भाले पछि निःशुल्क, बिजुली, पानी, मालपोत निःशुल्क, किसानलाई सहुलियत दरमा मलखाद तथा उन्नत जातको बीउबिजन निःशुल्क बितरण हुँदै आएको छ। सिंगो मधेश प्रदेशमै उत्कृष्ट काम गरेर मौलापुर ले आफ्नो छुट्टै राज्य बनाउन सफल भएको छ ।

 

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु