global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा क्यापिटलले बोलायो साधारण सभा

सानिमा क्यापिटलले बोलायो साधारण सभा

सानिमा क्यापिटलले बोलायो साधारण सभा

सानिमा क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा संचित रकम समेतबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न नवौं वार्षिक साधारणसभा बोलाएको छ । क्यापिटलले कात्तिक २६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे सभा बोलाएको हो ।

त्यस्तै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने र नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरू सभामा पेश हुनेछन् ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत (करसमेत)का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरि पारित गर्नेछ ।

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु