global ime bank Long Banner Ad

गृहपृष्ठ उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण: भिभोभी४० लाईट सार्वजनिक

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण: भिभोभी४० लाईट सार्वजनिक

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण: भिभोभी४० लाईट सार्वजनिक

विश्व प्रख्यात प्रविधि ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभोभी४० लाईट आधिकारिक रुपमा सार्वजनिक गरेको छ । भीसिरिजकोे पछिल्लो संस्करण भिभोभी४० लाईट आफ्नो उच्चस्तरीय डिजाइन, फ्लास चार्जिङ प्रविधि र अत्याधुनिक एआई–प्रवर्धित फोटोग्राफीेलाई संयोजन गर्दै स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने नयाँमानकको रुपमा चिनिएको छ ।

दुई आकर्षक रंग विकल्पहरू स्टाइटेनियम सिल्भर र एमरल्ड ग्रीनमा उपलब्ध भिभोभी४० लाईटले प्रभावशाली अल्ट्रा–स्लिम डिजाइन र उच्चकार्य क्षमता लाई एकै साथ प्रस्तुत गरेको छ। फोनको पछाडिको भागमा रहेका नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ। फोनमा मेटालिक हाई–ग्लस फ्रेम पनि छ, जसले फोनलाई प्रिमियम लुक दिँदै यसको स्लिम डिजाइनलाई कायम राख्छ । यसस्मार्टफोनलाईआई पि ६४डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएकोे छ, जसले वातावरणीय प्रभावबाट सुरक्षा प्रदानगर्दछ, र यसलाई दैनिक प्रयोगको चुनौतीलाई सजिलै सहन सक्षम बनाउँछ ।

भिभो नेपालकामहाप्रबन्धक माइकल लिउले भने, “हामी भिभो भी४० लाईटनेपाली बजारमा ल्याउन पाउँदा निकै खुसी छौँ । यो फोनले आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिकएआई–प्रवर्धित इमेजिङलाई एक स्लीक प्याकेजमा समेटेको छ । यसनयाँमोडलको परिचयले हामीले मोबाइलप्रविधिमा सधैँ नयाँकीर्तिमानकायम गर्ने र हाम्राग्राहकहरूलाई अझ राम्रो सेवाप्रदान गर्ने प्रतिबद्धतालाई दर्शाएको छ।”

भिभो भी४० लाईटमा५००० एम ए एच ब्याट्रीर ८० वाटको फ्ल्यास चार्जकोक्षमता रहेको छ, जसले फोनलाई छिटो चार्ज गर्न सक्षम बनाउँछ रप्रयोगकर्ताहरूलाईसधैं पावरअनभएको महसुस गराउँछ।साथै, भिभो भी४० लाईटले ४ वर्षको ब्याट्री स्वास्थ्यपनिसुनिश्चितगर्दछ, जसले भिभोको भरपर्दो उपकरण निर्माणको प्रतिबद्धतालाई देखाउँछ ।

भिभो भी४० लाईटले प्रयोगकर्ताहरूलाई अविश्वसनीय दृश्य अनुभवप्रदानगर्दछ, विशेष गरी अन–दी–गो भिडियो सामग्री हेर्न मन पराउने प्रयोगकर्ताहरूका लागि, यो एक व्यक्तिगत सिनेमा घर जस्तै हुनेछ।डुअल स्टेरियो स्पिकर सेटअपको साथमाइमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदानगर्दछ, जसले हरेक चलचित्र, संगीत ट्र्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ ।

भिभो भी४० लाईटले जीवनका अमूल्य क्षणहरूलाई अझ स्पष्ट र जीवन्त बनाउँछ । यसको एआई–आधारित औरा लाइट पोट्रेट फिचरले कमप्रकाश भएको वा रातको समयमा पनि तपाईंका फोटोहरूलाई अद्भुत बनाइदिन्छ । यसबाहेक, फोनमाएआई–ईरेज र एआई–फोटो ईनह्यान्समेन्टजस्ता फिचरहरूले तपाईंका फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोगगर्दछ ।

आगामी कार्तिक २ गतेदेखि नेपाली बजारमा मात्र ३६,९९९ कोआकर्षक मूल्यमा उपलब्धहुन ेभिभो भी४० लाईटग्राहकहरूले दराज अनलाईन मार्फत सुरक्षित गर्न सक्नेछन् वा देशभरका सबै मुख्य रिटेल स्टोरहरूमागएर प्रत्यक्ष रूपमा यो स्मार्टफोनको अनुभवलिन सक्नेछन् । ८ + ८ जिबी को विस्तारित -यामर २५६ जीबी स्टोरेज क्षमतारहेकोयस फोनले प्रयोगकर्ताहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउने र यसको हरेक नवीन पक्षले उपभोक्ताहरूलाई अत्याधुनिक प्रविधिको अनुभवदिनेकुरामा कम्पनी विश्वस्त छ ।

 

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु