global ime bank Long Banner Ad

गृहपृष्ठ जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान- मन्त्री अधिकारी

जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान- मन्त्री अधिकारी

जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान- मन्त्री अधिकारी

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा सङ्गठनको मुख्यालयमा भएको उद्घाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको टोली सहभागी भएको हो । मञ्चको लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरे ।

नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी यस क्षेत्रमा बढीभन्दा बढी लगानी भित्र्याउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रुपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथामिकता दिएको उल्लेख गरे ।

प्रकाशित समय : १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु