global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रूसी आक्रमणमा दश सिरियालीको मृत्यु

रूसी आक्रमणमा दश सिरियालीको मृत्यु

रूसी आक्रमणमा दश सिरियालीको मृत्यु

उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको युद्ध अनुगमन सङ्गठनले जनाएको छ ।

“इदलिबको ग्रामीण इलाकामा भएको रूसी हवाई आक्रमणमा इदलिबमा एक जना बच्चासहित दश जनाको मृत्यु भएको र १४ जना बालबालिकासहित ३० जना घाइते भएको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

रूसले इदलिब सहरको बाहिरी भागमा ‘एउटा आरा मिल, फर्निचर र ओलिभ प्रेसर मा प्रहार गरेको उक्त संस्थाले जनाएको छ । सिरियाको नागरिक सुरक्षा बलले आफ्ना टोलीहरूले रूसी हमलामा मारिएका व्यक्तिहरूको शवलाई भग्नावशेषबाट निकालिरहेको जनाएको छ ।

नागरिक सुरक्षा बलका अनुसार बुधबारको आक्रमणले कामदारहरू भित्र रहेको बेला फर्निचरलाई लक्षित गर्दा दश जना सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ३२ जना गम्भीर घाइते भएका थिए ।

सिरियाका राष्ट्रपति बशर अल–असदसँगको सहकार्य गरिरहेकोरूसी सेनाले इदलिबमा भएको आक्रमणमा बमबारीबारे कुनै टिप्पणी गरेको छैन ।

इदलिब प्रान्तको आधा र अन्य क्षेत्रहरूमा अल–कायदा समूहको नियन्त्रण रहेको छ । सन् २०२० मार्चमा सिरियाली सरकारको आक्रमणपछि रूस र टर्कीको मध्यस्थतामा यो क्षेत्रमा युद्धविरामको घोषणा गरिएको थियो । एजेन्सी

प्रकाशित समय : १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु