गृहपृष्ठ बेलायती विदेशमन्त्री ल्यामीले यसै साता चीन भ्रमण गर्ने
बेलायती विदेशमन्त्री ल्यामीले यसै साता चीन भ्रमण गर्ने
बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यसै साता चीनको भ्रमण गर्ने बेइजिङले बिहीबार जनाएको छ।
“बेलायतका विदेश, कमनवेल्थ र विकास मामिलामन्त्री डेभिड ल्यामीले अक्टोबर १८ देखि १९ सम्म चीनको औपचारिक भ्रमण गर्नुहुनेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गत जुलाईमा प्रधानमन्त्री केइर स्टार्मर निर्वाचित भएयता बेलायतका कुनै पनि वरिष्ठ अधिकारीको यो पहिलो भ्रमण हो ।
विदेशमन्त्रीको भ्रमण तय हुनुपहिले स्टार्मरले जेलमा रहेका व्यवसायी जिमी लाईलाई हङकङको जेलबाट मुक्त गर्न आग्रह गरेका थिए। चीनले प्रेस स्वतन्त्रतामाथि गरेको दमन र हङकङमा भएको विरोध प्रदर्शनको बेलायतले आलोचना गर्दै आएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता माओले भने, “चीन र बेलायत संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का स्थायी सदस्य र विश्वका प्रमुख अर्थतन्त्र हुन् । द्विपक्षीय सम्बन्धको दीर्घकालीन स्थिर विकास दुवै देशको साझा हितसँग मेल खान्छ ।”
हङकङ, उइघुरलगायतका बिषयमा चीनले लिएका कदमको विरोध गर्ने बेलायती केही सांसदहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न पनि उनले बेइजिङसँग आग्रह गरेका थिए ।एजेन्सि
प्रकाशित समय : १८:३१ बजे




















