global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नाइजेरियामा पल्टिएको ट्याङ्करबाट पेट्रोल लुट्न गएका १०५ जनाको मृत्यु

नाइजेरियामा पल्टिएको ट्याङ्करबाट पेट्रोल लुट्न गएका १०५ जनाको मृत्यु

नाइजेरियामा पल्टिएको ट्याङ्करबाट पेट्रोल लुट्न गएका १०५ जनाको मृत्यु

नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्याङ्कर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ ।

दुर्घटनापछि ट्याङ्करबाट लिक भएको तेल लुट्न आएका मानिसको भीडमा यो घटना भएको हो । यो घटना उत्तरी राज्य जिगावाको माजिया सहरमा भएको हो । तेलले भरिएको एउटा ट्याङ्कर पल्टिएर आगो लागेको र कम्तीमा १०५ जनाको मृत्यु भएको प्रहरीले बीबीसीलाई बताएको छ ।

विस्फोटमा अन्य ५० जना घाइते भएका छन्, जसलाई जिगावा राज्यको रिङ्गिम सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटना मंगलबार राति भएको हुनाले, पुलिस अधिकारीहरूले मानिसहरूलाई ट्याङ्कर नजिक नजान चेतावनी दिएका थिए तर उनीहरूले बढ्दो भीडलाई नियन्त्रण गर्न सकेनन् । गाडी पल्टिएपछि पेट्रोल लिन मानिसहरुको भिड लागेपछि आगो फैलिएको थियो ।

तेल ट्यांकर कानोबाट आउँदै थियो र योबे राज्यको न्गुरुतर्फ गइरहेको थियो । यस घटनामा चालकलाई भने चोटपटक लागेको छैन । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

 

प्रकाशित समय : २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु