global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खाडीबाट फर्केर गाईपालनबाट मासिक दुई लाख आम्दानी

खाडीबाट फर्केर गाईपालनबाट मासिक दुई लाख आम्दानी

खाडीबाट फर्केर गाईपालनबाट मासिक दुई लाख आम्दानी

पर्वत ।रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएको छन। पर्वतको जलजला गाउँपालिका(८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएको हुन ।

विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका जिसीको गोठमा १२ वटा गाई र एउटा भैँसी छ । दैनिक रूपमा ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएको जानकारी दिए। “गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरेँ, तर आफ्नै घरमा जस्तो कमाई नभएपछि पुनः फर्केर व्यवसाय विस्तार गरेको हुँ”, बताए ।

पछिल्लो पटक १५ लाख लगानी गरेर गाईपालनमार्फ दूध उत्पादन थालेका जिसीले यो व्यवसायबाट आफू सन्तुष्ट रहेको बताए । दूध बिक्रीबाट वार्षिक रु २४ लाखभन्दा बढी आम्दानी हुने गरेको बताउछन ।

दानापानी, घाँस, परालका लागि मासिक रु ६० हजार खर्च हुने गरेको बताउँदै खर्च कटाएर वार्षिक रु १७ लाखदेखि रु १८ लाखसम्म बचत गर्ने गरेको जानकारी दिए । उहाँका अनुसार उत्पादित दूध बस्ती नजिकै रहेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री हुँदै आएको छ ।

सहकारीले प्रतिलिटर गुणस्तरका आधारमा न्यूनतम रु ९६ देखि रु ११० सम्म रकम किसानलाई भुक्तानी दिने गरेको जिसीले उल्लेख गर्नुभयो । घरबाटै बिक्री गरी पर्याप्त मूल्यसमेत पाउने भएकाले व्यवसायमा सोचेभन्दा बढी सफलता पाएको उनको भनाइ छ । “नजिकैको सहकारीमा बिक्री हुने भएकाले बजारीकरणको समस्या पनि छैन, गुणस्तरका आधारमा मूल्य निर्धारण हुने भएकाले ढुक्क छु”, उनले भन्े ।

जिसीले एकीकृत विकास कार्यालय र गाउँपालिकाको कार्यालय दुवै स्थानमा फार्म दर्ता गरेर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । गाईवस्तुका लागि दानापानी आफैँ तयार गर्ने, घाँसपराल आफ्नै खेतबारीमा उत्पादन गर्ने भएकाले नियमित खर्चसमेत कम हुने उनको अनुभव छ ।

जिसीले आफ्नो फार्ममा परिवारका सदस्यले मात्र काम गर्दै आएका बताउनुभयो । आफू, श्रीमती, छोराछोरीले नियमित रेखदेख गर्ने गरेको बताउँदै हालसम्म बाहिरी कामदार राख्नु नपरेको उल्लेख गर्े।

भनेजस्तो कमाई भएपछि जिसी हौसिएको छन । यो व्यवसायलाई विस्तार गर्ने योजनासमेत बनाएको छन । अब गोठ तथा अन्य संरचना विस्तार गरी गाईभँैसीको सङ्ख्या २० पु¥याउने योजना रहेको  जिसीले पालिका र जिल्लामा रहेको भेटेरीनरी अस्पतालले प्राविधिक सहयोग गर्दै आएको जानकारी दिए ।

यसबाहेक दूध ढुवानीमा प्रतिलिटर रु पाँच अनुदान पाउने भएपछि किसानलाई थप सहज भएको छ । आफूहरूलाई राज्यलेसमेत प्रोत्साहन गरेकाले यसतर्फ आकर्षण बढेको सञ्चालक जिसीले बताए । आफूजस्तै विदेशमा गएर भौतारिने युवायुवतीलाई स्वदेशमै कृषि तथा पशुपालन गर्न सुझाव दिए ।

पर्याप्त मात्रामा उत्पादन गर्ने हो भने बजारको अभाव नहुने बताउँदै जिसीले खाडी मुलुकमा पसिना बगाउनुभन्दा आधा कम कमाई भए पनि स्वदेशमै रमाउन आनन्द हुने अनुभव सुनाए । फर्से गाउँमा जिसी मात्र नभई अन्य ३५ जना युवाले व्यवसायी गाईभैँसी पालन फार्म सञ्चालन गर्दै आएका छन् ।

यहाँको एउटै गाउँबाट दैनिक ८०० लिटर दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले किसानलाई प्रोत्साहनका लागि प्रतिलिटर दूध ढुवानीमा रु पाँचका दरले अनुदान दिँदै आएको बताए । यसबाहेक भकारो सुधार, गाईभैँसीलाई बस्ने म्याट खरिद, दूध सङ्कलनका लागि क्यानलगायत सामग्रीसमेत कार्यालयले सहयोग गर्दै आएको उनले बताए । लेका

प्रकाशित समय : १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु