गृहपृष्ठ लघुकथा प्रतियोगिताअन्तर्गत उत्कृष्ट १५ लघुकथा छनोट
लघुकथा प्रतियोगिताअन्तर्गत उत्कृष्ट १५ लघुकथा छनोट
सप्तरीमा स्थापित लघुकथा प्रतिष्ठान नेपालद्वारा आयोजित लघुकथा प्रतियोगिताअन्तर्गत आज उत्कृष्ट १५ लघुकथा छनोट गरिएको छ ।
प्रतिष्ठानद्वारा तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित लघुकथा प्रतियोगिताको प्रथम चरणबाट उत्कृष्ट १५ लघुकथाको छनोट गरिएको आयोजकले जनाएको हो ।
प्रतियोगिता व्यवस्थापक मनोहर पोखरेलकअनुसार प्राप्त भएका प्रकृति केन्द्रित विषयका प्रतियोगी लघुकथामध्ये प्रथम चरणबाट धर्म, घर फर्कंदा, शक्तिशाली, पहिचान, ढप, परिपूरक, प्रकृति, रहस्य, प्रवृत्ति, विद्रोह, प्रकृति, बाकस, मित्र, खेती र बसाइँ शीर्षकका लघुकथा छनोट भएका छन् ।
प्रतिष्ठानले तेस्रो वर्ष पूरागरी चौथो वर्ष प्रवेशको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । यिनै लघुकथामध्ये सर्वोत्कृष्टलाई नगदसहित सम्मानोपहार प्रदान गरिने प्रतिष्ठानकी व्यवस्थापक सदस्य रचना शर्माले जानकारी दिइन।
उत्कृष्ट १५ लघुकथाबाट विशेष निर्णायक समितिले ‘सर्वोत्कृष्ट लघुकथा’ घोषणा आगामी कात्तिक २ गते गर्ने प्रतियोगिता आयोजक समिति सदस्य एञ्जलनिलुले जानकारी बताए।
प्रकाशित समय : २०:४५ बजे




















