global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राखियो

जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राखियो

जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राखियो

हनुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई विधि विधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिएको छ ।

जीवित देवी कुमारीलाई कालरात्रिका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजासहित मन्दिरबाट मूलचोकमा राखिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष फूलपातीका दिन शुभसाइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराजमान गराइने प्रचलन छ ।

दशमीका दिन मन्दिरमा फर्काएपछि विजयादशमीको टीका सुरु गरिने जनाइएको छ । तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्रै पूजाआराधनाका लागि खुला गरिन्छ ।

तलेजुलाई सन् १३२२ मा हरिसिंहदेवले सिम्रौनगढबाट काठमाडौं उपत्यकामा ल्याएको इतिहास छ ।

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु