global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ हनुमानपछि ‘महाकाली’को तयारीमा प्रशान्त

हनुमानपछि ‘महाकाली’को तयारीमा प्रशान्त

हनुमानपछि ‘महाकाली’को तयारीमा प्रशान्त

निर्देशक प्रशान्त वर्माको फिल्म ‘हनुमान’ यो वर्ष दर्शकले निकै रुचाए । त्यसपछि उनले फिल्म ‘जय हनुमान’ घोषणा गरे ।

अहिले भने उनले ‘जय हनुमान’मा अगाडि महिला सुपरहिरो फिल्म निर्माण गर्ने भएका छन् । जसको नाम ‘महाकाली’ राखिएको छ । वर्माले नवरात्रिको अवसर पारेर फिल्म ‘महाकाली’को घोषणा गरेका हुन् ।

फिल्मको घोषणा सहित एक टिजर भिडियो सार्वजनिक गरेका छन् । जसमा भनिएको छ, ‘ब्रह्माण्डमा अर्को शक्तिशाली शक्ति जोडिँदै छ ’महाकाली’।’ महाकाली– देवी कालीको अवतार हो । जो दुष्टको सबैभन्दा भयङ्कर विनाशक हुन् ।

फिल्म साउथकी चर्चित निर्माता–निर्देशक पूजा कोल्लुरुले निर्देशन गर्नेछिन् । फिल्मलाई वर्माले आरकेडी स्टुडियोसँगको सहकार्यमा निर्माण गर्न लागेकी हुन् । फिल्मको घोषणा लगतै वर्मालाई बधाईको ओइरो आइरहेको छ ।

प्रकाशित समय : २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु