global ime bank Long Banner Ad

गृहपृष्ठ जुम्ली घोडा दौड प्रतियोगिता, तीन विधामा पुरस्कार वितरण

जुम्ली घोडा दौड प्रतियोगिता, तीन विधामा पुरस्कार वितरण

जुम्ली घोडा दौड प्रतियोगिता, तीन विधामा पुरस्कार वितरण

जुम्लामा परम्परागत रूपमा आयोजना हुँदै आएको घोडा दौड प्रतियोगिता यस वर्ष पनि सम्पन्न भएको छ।

हरेक वर्ष दसैँको फूलपातीको दिन पारेर घोडा दौड प्रतियोगिता आयोजना गरियो। जुम्ला सदरमुकाम खलंगाको राजा सिम मैदानमा आयोजना गरिएको घोडा दौड प्रतियोगितामा पालित, कदम र खुला गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिएको छ।

घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–३ गर्ज्याङकोट गाउँका तपेन्द्र रावलको घोडा प्रथम भएको छ। यसैगरी चन्दननाथ नगरपालिका–१० लोकप्रसाद न्यौपानेको घोडा दृतीय र पातारासी–७ का सर्जन बुढाको घोडाले तेस्रो स्थान हासिल गरेको छ।

आयोजक चन्दननाथ नगरपालिका जुम्लाको आयोजना, पशु अस्पताल तथा पशुसेवा कार्यालयको सहआयोजना र सास्कृतिक तथा संरक्षण तथा प्रवर्द्धन समिति, घोडाचढी संघ जुम्लाको समन्वयमा दौड प्रतियोगिता सम्पन्न भएको हो।

यस्तै घोडा पालक तर्फ कालिबहादुर बुढ्थापाको घोडा प्रथम, रामकुमार थापाको दोस्रो र कृष्ण बहादुर भण्डारीको घोडा तेस्रो भएको छ।

प्रतियोगितामा १२ वटा घोडाको प्रतिष्पर्धा भएको थियो। पहिलो चार राउण्डबाट छनौटमा परेका घोडाहरुको प्रतिष्पर्धा गरी प्रथम, द्वितिय, तृतीय र सान्त्वना पुरस्कार वितरण गरिएको छ।

चन्दननाथ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रतियोगितामा प्रथम हुनेलाई १० हजार प्रदान गरिएको छ भने द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजार प्रदान गरिएको छ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु