global ime bank Long Banner Ad

गृहपृष्ठ यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित

यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित

यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित

एकजना यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित भएको छ । विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा यात्रु पङ्कजविक्रम शाहले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको हो ।

आज बिहानै काठमाण्डौबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो । मौसम खुलेपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज धावनमार्ग पस्दै गर्दा शाहले आपतकालीन ढोका खोलेका थिए । त्यसपछि जहाजलाई पार्किङमा फर्काएर जाँच भइरहेको छ ।

दशैँको समयमा एउटा उडानको समय ढीला हुँदा यसले सबै उडान प्रभावित हुन्छन् । यसअघि यही असोजको १६ र २१ गते पनि यात्रुले विमानका आपतकालीन ढोका खोल्दा उडान प्रभावित भएका थिए ।आपतकालीन अवस्थाबाहेक अरु समयमा यात्रुले आपतकालीन अर्थात् इमेर्जेन्सी ढोका खोल्न पाइँदैन ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु