global ime bank Long Banner Ad

गृहपृष्ठ निलम्बित इन्स्पेक्टर शाहीमाथि मुद्दा चलाउन सिफारिस

निलम्बित इन्स्पेक्टर शाहीमाथि मुद्दा चलाउन सिफारिस

निलम्बित इन्स्पेक्टर शाहीमाथि मुद्दा चलाउन सिफारिस

ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन प्रमुख एवं निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीमाथि मुद्दा चलाउन सिफारिस भएको छ ।

हनी ट्रयापमा पारेर ३० लाख लेनदेन गरेको आरोप लागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले सोमबार परिसर प्रमुख एसएसपी शेखर खनाल समक्ष प्रतिवेदन पेश गरेको थियो ।

अहिले सो प्रतिवेदन कार्यालयमा बुझाएको हो । समितिका अनुसार प्रहरी निरीक्षक शाहीले कार्यालयमै बोलाएर लेनदेन गराउनमा भूमिका खेलेपछि मुद्दा चलाउनुपर्ने आधार देखिएको हो ।

 

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु