भुटान भ्रमण सकेर स्वदेश फर्किए पूर्वराजा शाह
वि.सं.२०८१ असोज २० आइतवार १०:२०
shares

चार दिने भुटान भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् ।
भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित धार्मिक भ्रमणमा भुटान पुगेका पूर्वराजा शाह आइतबार बिहान नेपाल फर्केका हुन् ।
पूर्व राजा शाहसँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित निजी सचिवालयका सहयोगीहरू समेत भुटान गएका थिए ।






















