गृहपृष्ठ माछापुच्छ्रे बैंकले ल्यायो २४औं वार्षिकोेत्सव तथा चाडपर्व लक्षित अफर

माछापुच्छ्रे बैंकले ल्यायो २४औं वार्षिकोेत्सव तथा चाडपर्व लक्षित अफर

माछापुच्छ्रे बैंकले ल्यायो २४औं वार्षिकोेत्सव तथा चाडपर्व लक्षित अफर

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोेत्सवविविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहितभव्य रूपमा मनाईरहेको छ । “उत्सव र सहयोग“भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो । यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रिय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर हर्षित उल्लासका साथ वार्षिकोत्सव मनाएको छ ।

हरेकवर्ष असोज १७गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउंदै आएको बैंकले यसवर्ष २४औँ वार्षिकोत्सवको अवसरमाआफ्नाग्राहकहरुलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदानगर्दै आएको छ भने “उत्सव र सहयोग“भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।

जस अन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

केहि दिन अगाडी मात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशीगाउपालिका १ र २ का बाढी पहिरो पिडित घरपरिवारलाई २०० थानब्लाङ्केट बैंकले प्रदान गरेको छ । बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरु रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यस लगायत बैंकका विभिन्न शाखाकार्यालयहरुको माध्यमबाट स्थानियतहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएको छ ।

यसैगरी बैंकले २४औ वार्षिकोत्सवको अवसर पारेर ग्राहकलक्षित विभिन्नअफरहरु संचालनमा ल्याएको छ । बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ्गः MBL M SMART (APP) ,डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँग्राहकमहानुभावहरुलाई विशेष छुटको योजना ल्याएको छ । जस अन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहकमहानुभावहरुले कार्ड लिदाँपहिलो वर्षको जारी शुल्कमाशत प्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ ।

 

बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँचवर्ष अवधीको लागि एकमुष्ट २,४०० मात्रमा प्रदान गरिरहेको छ । साथै बैंकले मोबाइल बैंकिङ्गः MBL M SMART (APP) सेवाको सदस्यता शुल्कमा वार्षिक ५०प्रतिशत सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

देशका हरेक वर्ग र क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यका साथ १६५ शाखाकार्यालयहरु २०१ एटिएम, १११ शाखा रहित बैंकिङ्ग सेवा, १२ एक्सटेन्सन काउण्टर मार्फत १६ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरूमा अझ प्रभावकारी र दिगो कार्यक्रमहरू सञ्चालन गर्दै, सामाजिक उत्तरदायित्वका अभियानहरूलाई थप प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

 

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु