गृहपृष्ठ विपद् व्यवस्थापन गर्न माग गर्दै रास्वपाले गरायो सरकारको ध्यानाकर्षण
विपद् व्यवस्थापन गर्न माग गर्दै रास्वपाले गरायो सरकारको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन गर्न माग गर्दै एकै पटक तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
रास्वपाले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडा दर लगायतका विषयमा तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएको हो ।
रास्वपा केन्द्रीय उद्योग तथा वाणिज्य विभागको नेतृत्वमा संघीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति र संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
प्रकाशित समय : २१:१४ बजे