गृहपृष्ठ अविरल वर्षापछिको बाढीपहिरो र डुबानले कृषिमा ६ अर्ब बढीको क्षति

अविरल वर्षापछिको बाढीपहिरो र डुबानले कृषिमा ६ अर्ब बढीको क्षति

अविरल वर्षापछिको बाढीपहिरो र डुबानले कृषिमा ६ अर्ब बढीको क्षति

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कृषि तथा पशुपन्छी क्षेत्रमा ६ अर्बभन्दा बढीको नोक्सानी भएको छ। मुलुकभर बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषिसम्बन्धी पूर्वाधार, आपूर्ति शृंखलाले ठूलो क्षति व्यहोर्नु परेको छ।

अविरल वर्षापछिको बाढीपहिरो र डुबानले कृषि क्षेत्रमा करिब ६ अर्बभन्दा बढीको क्षति पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक आकलन छ ।

स्थानीय तह, प्रदेश, निर्देशनालयलगायत परिचालन गरी संकलन गरेको तथ्यांकमा खेतमा लगाएको बाली, गोठमा रहेका पशुपक्षी र पोखरीमा रहेका माछासमेत नष्ट भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, खेतीयोग्य जमिनको कटान, कृषि पूर्वाधारमा क्षति, आपूर्ति शृंखलामा अवरोधलगायतका माध्यमबाट कृषि क्षेत्रले ठुलो नोक्सानी व्यहोरेको मन्त्रालयबाट संकलित तथ्यांकमा देखिन्छ ।

कृषिमन्त्री रामनाथ अधिकारीले क्षतिको प्रारम्भिक तथ्यांक नै डरलाग्दो देखिएको बताए । प्रारम्भिक तथ्यांकअनुसार धानबाली लगाएको १३ लाख ७८ हजार हेक्टरमध्ये बाढीले ५८ हजार चार सय ७६ हेक्टरमा पूर्ण क्षति गरेको छ । उक्त खेतमा उब्जनी हुने तीन अर्ब ५० करोड रुपैयाँबराबरको धानमा किसानले क्षति नोक्सानी व्यहोरेको मन्त्रालयको तथ्यांक छ । तुलनात्मक रूपमा कम रोपाइँ भएको यो वर्ष बाढीले थप क्षति गरेपछि धानको राष्ट्रिय उत्पादनमै असर पर्ने देखिएको छ ।

सबैभन्दा धेरै धान उत्पादन हुने मधेशका आठवटै जिल्लामा बाढीले गरेको क्षतिका कारण उब्जनीमा ठुलो चिन्ता थपिएको कृषिमन्त्री अधिकारीले बताए । ‘वर्षभरि खाने अन्नपात नोक्सानी हुँदा किसानको रोजीरोटी नै खोसिन सक्ने जोखिम बढेको छ,’ उनले भने ।

मन्त्रालयका अनुसार मधेशका आठसहित नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेमा लगाइएको धानबालीमा धेरै नोक्सानी भएको छ ।

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कृषि तथा पशुपन्छी क्षेत्रमा ६ अर्बभन्दा बढीको नोक्सानी भएको छ। मुलुकभर बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषिसम्बन्धी पूर्वाधार, आपूर्ति शृंखलाले ठूलो क्षति व्यहोर्नु परेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक विवरणअनुसार धान, उखु, अलैंचीजस्ता कृषिजन्य बालीमा मात्रै ४ अर्ब ५७ करोड रुपैयाँबराबरको क्षति भएको छ। मत्स्यपालन क्षेत्रमा १ अर्ब १३ करोडबराबरको क्षति भएको छ।

गत १० गते देखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाले बाढी, पहिरो र डुबानका कारण बाली तथा पशुपन्छी क्षेत्रमा परेको हाल प्राप्त क्षतिको विवरण अपूर्ण भएकाले अझ अन्य क्षतिको विवरण प्राप्त हुने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कृषि तथा पशुपन्छी क्षेत्रमा क्षतिको विवरण प्रदेशअन्तर्गत कृषि तथा पशुपन्छी क्षेत्र हेर्ने मन्त्रालयसँग माग गरियो र प्राप्त विवरणअनुसार मुख्यतया कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बढी क्षति भएको र अन्य प्रदेशहरूमा तुलनात्मक रूपमा कम क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको र विस्तृत विवरण प्राप्त हुने क्रममा रहेको छ।

क्षतिपछि पुनर्स्थापना र राहतमा जोड दिँदै
वर्षाबाट ठूलो क्षति भइरहेकाले मन्त्रालयमा आकस्मिक बैठक बसी वर्षाका कारण बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषिसम्बन्धी पूर्वाधार, आपूर्ति शृंखलालगायतका क्षेत्रमा परेको क्षतिको तत्काल मूल्यांकन गरी आवश्यक तत्कालीन र दीर्घकालीन रूपमा मन्त्रालयले आगामी दिनमा चाल्नुपर्ने पुनर्स्थापनालगायतका कार्यक्रमहरू मातहतका निकायबाट प्रस्ताव गर्न निर्देशन भएको छ। ‘मन्त्रालयको आयोजनामा खाद्य सुरक्षा क्लस्टरको बैठक बसी सम्पूर्ण साझेदार संस्थाद्वारा खाद्य सुरक्षा क्षेत्रमा तत्काल गरिरहेको कार्य र दीर्घकालीन रूपमा गर्नुपर्ने पुनर्स्थापनाका कार्यहरूको बारेमा छलफल भएको छ,’ मन्त्रालयले भन्यो।

मन्त्रालयले साझेदार संस्थाहरूलाई सम्पूर्ण राहत वितरणका कार्यक्रमहरू एकद्वार प्रणालीबाट सम्बन्धित पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा वितरण गर्न अनुरोध गरेको छ। उक्त संस्थाहरूबाट तत्काल राहत वितरण गर्न तयारी अवस्थामा रहेको भए पनि जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्देशन प्राप्त नभएकाले वितरण गर्न नसकिएको र प्रभावितलाई छिटो राहत वितरण गर्न तत्काल समन्वय हुनुपर्ने सुझाव प्राप्त भएको मनत्रालयको भनाइ छ।

 

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु