गृहपृष्ठ गणेश रसिकलाई ३० वटा संस्थाबाट सामूहिक अभिनन्दन
गणेश रसिकलाई ३० वटा संस्थाबाट सामूहिक अभिनन्दन
साहित्यकार, कवि तथा गायक गणेश रसिकलाई आज काठमाडौंमा एक समारोहका बीच अभिनन्दन गरिएको छ । भोजपुर जिल्लासँग जोडिएका ३० भन्दा बढी सङ्घसंस्थाले उनलाई अभिनन्दन गरेको हो ।
क्रमममा उहाँको योगदानका विषयमा साहित्यकारले लेखेका लेखहरूलाई समेटेर तयार पारिएको ‘गणेश रसिकस्अभ्यार्थना ग्रन्थ’ को विमोचन गरिएको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अभिनन्दन गर्नुका साथै उक्त ग्रन्थको विमोचन गरे।
भोजपुरे सेवा समाज काठमाडौंको आयोजना तथा एम्बिसन एकाडेमी काठमाडौंको सहआयोजनामा भएको उक्त समारोहमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले रसिकको साहित्यक र साङ्गीतिकसहति सामाजिक पक्ष समाजका लागि महत्त्वपूर्ण रहेको स्मरण गरे ।
जनबोली र प्रकृतिका सुसेलीलाई टिपेर सचना गरेको र सङ्गीत दिएका गीतहरू देशको धड्कनका रूपमा प्रतिविम्बित भएको बताए । राष्ट्र, राष्ट्रियता र आमनागरिकका पक्षमा सिर्जित सिर्जना रैथाने स्वादका र कालजयी रहेको पनि पूर्वराष्ट्रपति भण्डारीले बताए ।
“राष्ट्रका मानव सम्पदा पनि हुन्छ”, पूर्वराष्ट्रपति भण्डारीले भने “देश र समाजलाई दिएको योगदानका बारेमा लेखकले लेखेका लेख समावेश गरी ग्रन्थ प्रकाशन गर्नु खुसीको कुरा हो, यसले जीवनका आरोहअवरोधका साथै समाज र राष्ट्रलाई दिएको योगदान आमपाठक माझ पुर्याउने छ ।”
साहित्यकार गणेश रसिकले यो सम्मान तथा अभियन्दनका लागि आफू लायक छु या छैन थाहा नभएको तर यसरी अभिनन्दन गर्दा सबैप्रति आभारी रहेको प्रतिक्रिया दिए । आफू बिरामी भएर थला परेको जानकारी दिँदै अहिले पनि उपचार जारी रहेको बताए । उनलाई प्रोष्टेटको क्यान्सर भएको र अहिले उपचार जारी रहेको छ ।
अभिनन्दन समारोहमा भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले साहित्यकार रसिकले समाज र राष्ट्रलाई सङ्गीत दिएर, कृति लेखेर महत्त्वपूर्ण योगदान दिएको बताए। उनले साहित्यकार रसिकले गीतसङ्गीत मात्रै नभएर कुशल प्रशासक र समाजसेवीका रूपमा आफूलाई उभ्याएको बताए।
पूर्वअर्थमन्त्री एवं साहित्यकार शङ्कर कोइराला र सङ्गीतकार बुलु मुकारुङले साहित्यिक तथा साङ्गीतिक क्षेत्रमा रसिकले पुर्याएको योगदानका बारेमा चर्चा गरे। उक्त ग्रन्थको सम्पादन साहित्यकार सुदर्शन श्रेष्ठ र शशी लुमुम्बुले गरे।
प्रकाशित समय : २२:१९ बजे