गृहपृष्ठ बाढीपहिरो र दुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

बाढीपहिरो र दुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

बाढीपहिरो र दुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता झ्याप्ले खोला– डोजरको सहायताले सवारी निकाल्दै उद्धारकर्मी धादिङ, १३ असोजः धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा पुरिएको सवारी डोजरको सहायताले निकाल्दै उद्धारकर्मी । तस्बिरः शंकर श्रेष्ठ÷रासस

बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।

बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौंमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच\पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुर्ई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए यसैगरी बाढीपहिराले तीन सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु